सोसल मिडिया
युनिकोड
नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । गत शुक्रबार एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।