माओवादीको बैठक दरबारमा, दैनिक भाडा एक लाख मात्र 

आइतबार, पुस २१, २०८१

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु हुँदैछ। स्मार्ट दरबार ब्याङ्क्वेट धुम्बाराहीमा नेताहरु पुगिसकेका छन्। पार्टी मुख्यालय छोडेर माओवादी दरबारमा बैठक गर्न पुगेको हो।     

बैठक आजदेखि सुरु भएर पुस २४ गते सम्पन्न हुने माओवादीले बताएको छ । अहिले हल व्यवस्थापनको काम, नेताहरूको सिट प्यलानिङ भइरहेको छ । बैठक सञ्चालनको मोडालिटी र एजेन्डाबारे अहिले स्थायी समिति बैठकमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार उक्त  ब्याङ्क्वेटको दैनिक हल भाडा एक लाख रहेको छ । खाजा, पानी, स्टेसनरी  पार्टीले व्यहोर्नेछ भने अन्य केन्द्रीय सदस्यहरू आफैले व्यहोर्नुपर्ने छ । चार दिनसम्म लगभग लगभग कुल २२/२५ लाख खर्च हुने अनुमान गरिएको छ । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  ‘पार्टी रूपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै आगामी समाजवादी कार्यदिशा, कार्ययोजना, साङ्गठनिक स्वरूप, कार्यविभाजन लगायत विषयमा महत्त्वपूर्ण निर्णय हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्