सोसल मिडिया
युनिकोड
गृहमन्त्री रमेश लेखक आईतबार मन्त्रालय पुगे लगत्तै मन्त्रालयका कोठाचोटा चाहार्न कार्यकक्षबाट निस्किए। उनी हठात् त्यसरी कोठा चहार्न निस्कनुको अर्थ कर्मचारीको व्यबस्थापनमा खोट लगाईएपछिको तातो लगाई हो। हुन पनि लेखकको मन्त्रालय अस्तव्यस्त नै छ। त्यहाँ पाँच सहसचिव सहित २५ जना उपसचिव जिम्मेवारी नपाएर बरण्डामा छन्।
त्यत्रो जनशक्ति बेकामे बनाएर गृहमन्त्रालयले फाजिलमा राखेको समाचार सार्वजनिक भएपछी मन्त्री लेखकलाई तातो लागेको हो। तर, मन्त्रीले मन्त्रालयका हरेक कोठामा पस्दैमा त्यो समस्या निराकरण हुने होइन। मन्त्रालयमै पुग्दो जनशक्ति छ। फाजिलमा रहेका कर्मचारीलाई मन्त्रालय मातहतका निकायमा खटाउनु पर्छ। जुन काम गर्नमा मन्त्रीले यस अघि चासो नै देखाएनन्। गृह मन्त्रालयको चरित्र र स्वभाव त्यति धेरै नबुझेका सचिव गोकर्णमणी दुवाडीलाई भित्र्याएका कारण पनि समस्या आएको एकाथरी कर्मचारीको दाबी छ।
सहसचिवलाई सिडिओ बनाएर पठाउनु पर्ने जिल्लामा उपसचिवलाई सिडिओ बनाएर पठाउनाले पनि समस्या खडा भएको छ। रामेछाप, प्युठान, बैतडी, डोटी,अछाम, दैलेख, जुम्ला, सल्यान लगायतका जिल्लामा सहसचिवको दरबन्दी छ। तर, लेखकले ती जिल्लामा उपसचिवलाई सिडिओ बनाएर पठाएका छन्। जसले गर्दा सहसचिव बरण्डामा थन्किनु परेको छ। इन्द्रदेव यादव, रोशनीकुमारी श्रेष्ठ, रामबन्धु सुबेदी, शशिधर घिमिरे सहितका सहसचिव घाम तापेर बसेका छन्। सामान्यले हचुवामा सरुवा गरेर गृह मन्त्रालय पठाईदिनाले पनि समस्या झन् बल्झिएको हो।