नेप्से बढ्दा कारोबार पनि बढ्यो, कति भयो खरिद विक्री ?

आइतबार, पुस २१, २०८१

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २,५९१.५६ विन्दुमा बन्द भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज चार अर्ब ८६ करोड दुई लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गत बिहीबार चार अर्ब ६० करोड ३२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज १४१ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, ९४ कम्पनीको सेयरमूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर छ ।

उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी र ग्रिन भेन्चर कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ८.८८ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक वृद्धि हाइड्रोपार समूहको भएको छ । यस समूहको परिसूचक १.६७ प्रतिशतले वृद्धि भएको छ ।  

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्