सहकारी ठगीमा राप्रपाका केन्द्रीय सदस्य पुष्पराज विरुद्ध मुद्दा दायर

आइतबार, पुस २१, २०८१

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पौडेल जोडिएका छन् । गरू वस्त्र पहिरिएर आडम्बरी अभियान्ता बनेको पुष्पराज पुरुष भनेर चिनिने पौडेलविरुद्द मुद्दा दायर भएको हो। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मेछापको लिखु तामाकोशी गाउँपालिका-२ घर भएका ४२ वर्षीय नेता पौडेलसहित रास्वपा सभापति रवि लामिछाने, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जीबी राई, छविलाल जोशी, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।

स्वर्णलक्ष्मी सहकारीले बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ । पुष्पराज यसअघि पनि नक्कली लालपुर्जा बनाएर ठगी गरको आरोपमा पक्राउ परेका थिए । उनी आश्रम चलाउँदै आएका छन्। 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्