सोसल मिडिया
युनिकोड
सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (सोमबार) पनि जारी छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बसेको बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहेको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘आइतबार आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले आज प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहनु भएको छ,’ उनले भने, ‘त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।’ केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिईएको छ।
आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।