सोसल मिडिया
युनिकोड
पार्टीलाई तिखार्न मन्थनमा ब्यस्त भएकै बेला नेकपा एमालेलाई धक्का लागेको छ। पार्टी मुख्यालय च्यासलमा केन्द्रीय समितिको बैठक चलेकै बेला उता कैलालीमा ४६ जनाले एमाले छोडेको घोषणा गरेका छन्।
नेकपा एमाले नेतृत्वले पटकपटक अपमानित गरेको भन्दै कैलालीको गोदावरी नगर कमिटीका ४६ जनाले पार्टी परित्याग गरेका हुन् ।
नेकपापछि एमालेमे रहेका माओवादी धारका उनीहरूले आफूहरू पूर्वमाओवादी भनेर अपहेलित हुनुपरेको उल्लेख गरेका छन्। ‘यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटकपटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो,’ सामूहिक राजीनामा पत्रमा उल्लेख छ।
उनीहरूले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा बनेपछि आफूलगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही भएको नेकपा अलग भएपछि पनि एमालेमै बसेको उल्लेख गरेका छन् ।
तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई कसैले इन्कार गर्न नसक्ने र अहिलेको गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध कै जगमा आएको उनीहरुले बताएका छन् । तर, हाल आएर महासचिव शंकर पोखरेललगायत अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।