अनलाइन जुवा खेलाउने भारतीय सहित ५३ जनालाई सीआईबीले पार्यो च्यापचुप

मंगलबार, पुस २३, २०८१

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरूलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो । हाल अनुसन्धान जारी रहेको तथा मंगलबार अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले बताए ।

अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरूले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्