भूकम्प चीनमा बारामा दर्जन विद्यार्थी बेहोस, नेपालमा कहाँ के भयो ?

मंगलबार, पुस २३, २०८१

आज (मंगलबान) तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालमा समेत महसुस भयो । तिब्बतमा ७ म्याच्नेच्युटको भूकम्प गएको र धक्का नेपालमा पनि महसुस भएको थियो ।

भूकम्प आउँदा काठमाडौं उपत्यकालगायत ठाउँका मानिसहरू होहल्ला गर्दै घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का महसुस भएपछि काठमाडौंको स्युचाटारस्थित एक डेढ तले घरको छतबाट पुरूष हामफालेका थिए ।

नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने ती पुरूष घरको छतबाट हामफालेका हुन् । उनको दुवै खुट्टामा चोट लागेका र मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

त्यस्तै भूकम्पको ठूलो धक्का महसुस भएपछि बाराको कलैयामा विद्यार्थीहरू बेहोस भएका छन् । कलैया उपमहानगरपालिका–१ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए ।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पु¥याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले नेपालमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्