प्रधानमन्त्री ओलीले हतार-हतार किन बोलाए मन्त्रिपरिषद बैठक ? के छ एजेन्डा ?

मंगलबार, पुस २३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन् । प्रधानमन्त्री ओली पार्टीको केन्द्रीय कमिटी बैठकमा रहेकै बेलामा मन्त्रिपरिषद् बैठक आजै साँझ ७ बजे बस्नेगरि सन्देश गएको हो । 

सशस्त्रका चार जना डिआईजीको पदावधि थप्नको लागि बैठक बोलाइएको भनिएको छ । यसअघि प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका थिए । सुरुमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति नदिएको भनिएपनि अहिले भने देउवालेसमेत अध्यादेश ल्याउन ग्रिन–सिग्नल दिएको बताईन्छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्