संविधान संशोधन गर्ने अनुकूलता नभएको भन्दै ओलीले सारे म्याद

मंगलबार, पुस २३, २०८१

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकको समापन गर्दै ओलीले यस्तो बताएका हुन् । केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आफ्ना धारणा राखेका थिए ।

उनीहरुको जवाफ दिने क्रममा ओलीले संविधान संशोधनको अवस्था नरहेको बताएका हुन् ।

उनको भनाई उद्धृत गर्दै एक नेताले भने, “संविधान संशोधन ०८७मा मात्रै हुन्छ । तपाईंहरुले पनि राष्ट्रिय सभाको संख्या देख्नुभएको छ ।”

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्