रवि लामिछानेका वकिलले बहस सके, अब हुन्छ के ?

मंगलबार, पुस २३, २०८१

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेका तर्फबाट बहस सकिएको छ । लामिछानेका कानुन व्यवसायीहरु सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापासहितले बहस गरेका छन्। 

लामिछानेका तर्फबाट उभिएका कानुन व्यवसायीको बहस सकिएको छ । अब एक दुई जनाको बहस बाँकी रहेकाले बुधबार पनि निरन्तर रहने जिल्ला अदालत कास्कीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका छन् । सम्भवत बुधबार काम तमाम हुने बुझिएको छ। 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्