सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थपियो, एक जना आइजीपी हुने पक्का

मंगलबार, पुस २३, २०८१

मंगलबार अबेर बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिसमा चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप गरेको छ।  उनीहरू आजै राति १२ बजेबाट घर जाँदै थिए। 

क्याबिनेटले चार वर्षे पदावधि आजै पूरा हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको हो। डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यीनै मध्येबाट एक जनालाई आईजीपी बन्ने बाटो समेत खुल्ला भएको छ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्