फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएपछि इन्जिनियरको गयो जागिर
सडक विभाग अन्तर्गत सडक डिभिजन हेटौँडामा कार्यरत सब इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । उनलाई नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतले दोषी ठहर गरेपछि उनलाई जागिर बाट बर्खास्त गरिएको हो।
निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुर भनेको नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिनु हो। ऐनको सोहि व्यबस्था आकर्षित भएपछी उनको जागिर गएको हो।
उनलाई ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको जानकारी दिइएको छ । पुस १६ गतेको निर्णय अनुसार उनी भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको बताइएको छ । उनी फौजदारी अभियोगमा दण्डित भएका हुन्।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ ०८:३२
प्रतिक्रिया दिनुहोस्