सोसल मिडिया
युनिकोड
घुस रकमसहित लेखापाल अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस असुल्ने लेखापाल सहित अर्का एकजनालाई नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्यमिक विद्यालयका लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार ६५ हजार घुससहित पक्राउ परेका हुन्
अख्तियार बुटवलको टोलीले घुस लिइरहेकै बेला दुई भाईलाई च्याप्पै पारेको हो।
भवन निर्माण पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा दुवै जनालाई एक साथ पक्राउ गरेको अख्तियारको भनाई छ।