के-के गर्दा संविधान संशोधन हुन्छ ? प्रकाशमानले लगाए बेलीबिस्तार

बुधबार, पुस २४, २०८१

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार नेवा: देय्: दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेवा समुदायभित्र विसिधता भए पनि विविधिताभित्र एकता भएको उनको भनाई थियो। ‘भाषा, संस्कृति, पहिचान जोगाउन नेवा देय् दबूयाले काम गरिररहेको छ। यो अत्यन्त सकारात्मक छ। निरन्तरता पाओस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आफ्नो भेषभूषा, कला-संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।’

त्यस्तै फरक सन्दर्भमा उनले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने बताए। संविधान जारी हुँदाको अवस्था सम्झँदै उपप्रधानमन्त्री सिंहले दुई पटक संविधानसभा विघटन भएपछि पेचिलो अवस्थामा संविधान जारी भएको स्मरण गरे।

‘विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ। संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ,’ उनले भने, ‘संविधानले दिएका अधिकारको उपयोग गर्दै, सुरक्षित गर्दै जानुपर्छ। संविधानलाई थप प्रभावकारी बनाउन र जनतालाई अझ धेरै अधिकार दिनका लागि संशोधन हो।’

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्