यी एक दर्जन शाखा अधिकृत उपसचिव हुने भए

बिहीबार, पुस २५, २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक दर्जन  शाखा अधिकृतलाई उपसचिवमा बढुवा दिन चाँजोपाँजो मिलाएको छ।

मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा १२ शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

कार्यसम्पादन मूल्यांकनद्वारा हुने नेपाल विविध सेवा, सूचना प्रविधि निर्देशक समूहतर्फ रिक्त उपसचिव पदमा ४ जना र नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहतर्फ ८ जनालाई उपसचिवमा बढुवा गर्ने निर्णय भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।image-19-1736395299.png

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्