लेखा समितिका सभापतिकी पत्नी अघिल्लो दिन छुटिन्, भोलिपल्टै पूर्व पिए समातिए

बिहीबार, पुस २५, २०८१

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। ठगी आरोप लागेका उनलाई प्रहरीले नियन्त्रमा लिएको हो। 

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नारायण चिमोरियाका अनुसार आरोपित पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। 

अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ। सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। 

सो मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेशले यही पुस १९ गते अनिललाई आफ्नो स्वकीय सचिवबाट निष्कासन गरेका थिए। सहकारी ठगीमा जोडिएकी पोखरेल पत्नी अन्जला कोइरालालाई हिजै अदालतले १० लाख धरौटीमा रिहा गरेको छ। 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्