नेप्से घट्यो, कति भयो कारोबार ?

बिहीबार, पुस २५, २०८१

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १८ अङ्कले बजार घट्दा परिसूचक २६३५ बिन्दुमा पुगेको छ ।

नेप्से घटे पनि आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार बाराही हाइड्रो र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

होटल तथा पर्यटन समूहको सूचक ०.९९ प्रतिशतले बढ्यो । अन्य सबै उपसमूहको सूचक घटेको छ । समग्रमा यो साताभर बजार ४४ अङ्कले बढेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्