सूर्यदर्शन ठगी प्रकरणका सात जना आरोपीमध्ये तीन जना धरौटी बुझाएर रिहा

बिहीबार, पुस २५, २०८१

सूर्यदर्शन ठगी प्रकरणका सात जना आरोपीमध्ये तीन जना धरौटी बुझाएर रिहा भएका छन्। रिहा हुनेमा कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङ छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई एक लाख, मीना र आरतीलाई ५–५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

अदालतले अन्य आरोपीहरू पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सभापति रवि लामिछानेलाई ६५ लाख, लिला पछाइलाई ३७ लाख र रामबहादुर खनाललाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्