दुर्गा प्रसाईलाई तीन लाख धरौटी मागियो, के थियो कसुर ?

बिहीबार, पुस २५, २०८१

काठमाडौं जिल्ला अदालतले विवादि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार भएको थुनछेक बहसपछि अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

भारतका चर्चित गुन्डा नाइकेका रुपमा परिचित लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याउँदै आपराधिक लाभ लिएको कसुरमा गत पुस २४ गते प्रसाईंविरुद्ध मुद्दा परेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईं र उनका तीनजना सहयोगीविरुद्ध संगठित आपराधिक लाभ (एक्सटर्सन) को कसुरमा मुद्दा दर्ता गरेको थियो ।

यस प्रकरणमा प्रसाईंसहित पाँचथरका हरिचन्द्र फुयाँल ‘नवीन’ र तेह्रथुमका रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको थियो । उनीहरू दुईजनालाई पनि अदालतले रिहा गर्न भनेको छ।
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्