सोसल मिडिया
युनिकोड
सहकारी ठगी प्रकरणमा कार्तिक २ गते समातिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएलगत्तै उनी रिहा भएका हुन् । प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा लामिछाने आफैँ उपस्थित हुनेछन् ।
कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा लामिछाने आफैँ काठमाडौं अदालतमा आउने भएका हुन् ।