ओलीले फेरि बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, के छ एजेन्डा ?

शुक्रबार, पुस २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । आजै शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । 

पछिल्ला दिनमा ओलीले आकस्मिक बैठक बाक्लै राख्न थालेका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन । 

बैठकको एजेन्डा गोप्य राखिएको बुझिएको छ। तर आजको बैठकले केही सचिव र सहसचिवको सरुवा गर्ने श्रोतको भनाई छ। उस्तै परे अध्यादेश जारी हुने सम्भावना पनि छ। यदि अध्यादेश जारी भएन भने संसद अधिवेशन बोलाउने निर्णय हुने श्रोतको भनाइ छ। 

त्यस्तै नेपाल प्रहरीका २ जनालाई एआईजी र ५ जनालाई डीआईजीमा बढुवा गर्ने निर्णय हुने पनि बुझिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्