आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

शुक्रबार, पुस २६, २०८१

नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । बिहीबार पनि सुनको मूल्य ८०० रुपैयाँले नै बढेको थियो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।

आज चाँदी तोलामा १ हजार ८४५ रुपैयाँले कारोबार भइरहेको महासङ्ले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्