निजामतीमा दलीय ट्रेड यूनियन राख्ने कि नराख्ने ? राज्य व्यवस्थाले डाक्यो बैठक

शुक्रबार, पुस २६, २०८१

प्रतिनिधिसभा मातहतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक आज बोलाईएको छ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ। 

लोकसेवा आयोग सँग छलफल सकेको समितिमा दलीय ट्रेड यूनियन राख्ने कि नराख्ने भन्ने विवाद छ। आज सोही विषयमा छलफल हुने बुझिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्