पोखराबाट गुडेरै काठमाडौँ आउँदै रवि लामिछाने, आईतबार मात्र अदालत पुग्ने 

शुक्रबार, पुस २६, २०८१

रास्वपा सभापति रवि लामिछाने सडकमार्ग हुँदै काठमाडौं आउने भएका छन् ।  उनी पोखराबाट काठमाडौंका लागि सडकमार्ग हुँदै आउँदै गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सडकमार्ग हुँदै काठमाडौं आइरहेकाले आजै अदालतमा उपस्थित हुने सम्भावना निकै कम रहेको उनले बताए । लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पूर्व गृहमन्त्री लामिछाने ८४ दिन प्रहरी हिरासतमा रहेर बिहीबार मात्रै धरौटीमा रिहा भएका हुन् ।

उनलाई ६५ लाख धरौटी रकममा रिहा गर्ने आदेश कास्की जिल्ला अदालतले दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्