क्याबिनेट बैठक अघि प्रधानमन्त्री ओलीले किन भेटे राष्ट्रपति ?

शुक्रबार, पुस २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडलसँग भेट गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, कानुन सचिव उदयराज सापकोटा सहित प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्कर समेत सहभागी भए।

ओलीले सात बजे क्याबिनेट बोलाएका छन्। दल विभाजन सम्बन्धिको अध्यादेश जारी हुने राजनीतिक चर्चा पनि छ भने संसद अधिवेशनको कुरा पनि छ। 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्