संघीय निजामती सेवा विधेयकमाथि आज पनि छलफल, थप दुई समितिको बैठक

आइतबार, पुस २८, २०८१

संघीय संसदअन्तर्गत आज तीन समितिको बैठक बस्दैछ । संसद सचिवालयका अुनसार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे १२ बजेलाई बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने छ ।

यता विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्