सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने केहिबेर अघि अदालत उपस्थित भएका हुन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणका प्रतिवादी लामिछानेको थुनछेक बहस आजै सुरु हुनेछ ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा रिहा हुन आदेश दिएको थियो । त्यसपछि उनी गत बिहीबार मात्रै ६५ लाख धरौटी तिरेर ८४ दिनपछि हिरासतमुक्त भएका हुन् ।
भएलगत्तै शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण आज मात्रै हाजिर भएका हुन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।