सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालतमा सुरु भएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा जिल्ला अदालतमा आफैँ हाजिर भएको उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास तोकिएको छ।
बयानका लागि उनी बिहान ९ बजे नै अदालमा उपस्थित भएका थिए। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका रवि भोलिपल्ट बिहानै काठमाडौँ जिल्ला अदालत हाजिर भएका हुन्।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।
अदालत स्रोतका अनुसार रविको बयान आज नसकिएमा हिरासतमा पठाईनेछ । बयान सकिएमा भने थुनछेक बहस सुरु हुने अदालत स्रोतको भनाइ छ । उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।