सोसल मिडिया
युनिकोड
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेविरुद्ध ११ जना सरकारी वकिलले बहस गर्ने भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जनाले बहस गर्ने भएका हुन् ।
कास्की प्रहरीको हिरासतबाट ६५ लाख धरौटी तिरेर ८४ दिनपछि बिहीबार थुनामुक्त भएका लामिछाने आइतबार बिहानै काठमाडौं अदालत उपस्थित भएका थिए ।
हिजो नै उनको बयान लिइएको थियो । लामिछानेका पक्षमा भने पूर्व महान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन् । न्यायाधीश अधिकारीले उनीहरुलाई सवा १ घण्टामा बहस सकाउन निर्देशन दिएका छन् ।
काठमाडौंका कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहित ३९ जनाविरुद्ध मुद्दा चलिरहेको छ । यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् ।