हल्का बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

सोमबार, पुस २९, २०८१

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ । आइतबार पनि सुन प्रतितोला १ हजार ६०० रुपैयाँले मूल्य बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्