सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज दिउँसो २ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्नेगरी तय भएको बैठक बुधबारका लागि सरेको हो ।
सचिव देवेन्द्र पौडेलले आज बस्ने तय भएको बैठक विविध कारणले अब माघ २ गते बुधबार मात्रै बस्ने जानकारी दिए ।उनका अनुसार बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ ।
पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति बैठकपछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।
पौडेलका अनुसार पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन लगायत विषयमा छलफल हुनेछ । केन्द्रीय समिति बैठकपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकले ६ महिनाभित्र जबस मोर्चाको अधिवेशन गर्ने, जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने निर्णय गरेको थियो ।
यस्तै बैठकले हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रित सञ्चालन गर्ने, विचार मिल्ने वामपन्थी दलहरूसँग एकताको निम्ति उच्चस्तरीय संवाद समिति गठन गर्ने, माघ १ गते सम्ममा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।