घट्यो आज सुनको भाउ, तोलाको कतिमा ओर्लियो ?

मंगलबार, माघ १, २०८१

नेपाली बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ४० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । आज चाँदी तोलामा १ हजार ८२० रुपैयाँले कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य स्थिर थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्