कस्तो हुन्छ आज देशभरको मौसम ?

बुधबार, माघ २, २०८१

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जस कारण देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका केही भागमा भने हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली देखि मौसम सफा रहने सम्भावना छ । राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीदेखि रहने सम्भावना छ भने बाँकी भू–भागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्