सोसल मिडिया
युनिकोड
प्रमुख प्रतिपक्षी दल माओवादी सहित संसद्का अन्य विपक्षी दलहरुको बैठक बस्ने भएको छ। आज माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायत दलका नेताको बैठक बुधबार दश बजे बस्ने भएको हो।
सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बस्ने गरि बोलाईएको बैठकमा सहभागी हुन नेताहरू सिंहदरबार पुग्न थालेका छन्।
बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन्। ओली सरकार ढल्ने अन्तिम बिन्दुमा पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिप्पणी गरेका छन्।