सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् ।
काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपा कार्यकर्ताहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन् । बुधवार रविमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा रास्वपा कार्यकर्ताहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन् ।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।