काठमाडौ जिल्ला अदालतले रविलाई माग्यो ६० लाख धरौटी

बुधबार, माघ २, २०८१

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा आदेश आएको छ। न्यायाधीश माधव अधिकारीको इजलासमा तीन दिनदेखि भइरहेको थुनछेक बहस आज सकिएसँगै आदेश आएको हो।

अदालतले उनी सग ६० लाख धरौटी मागेको छ।

काठमाडौं अदालत परिसरमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, सांसदहरू सोबिता गौतम, चन्दा कार्की, हरि ढकाल, नेता दीपक बोहरा र रमेश प्रसाईंलगायत पनि उपस्थित छन्।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्