ओलीका मन्त्री सँग देउवाको छलफल, बूढानीलकण्ठमा मन्त्रीको ताँती

बिहीबार, माघ ३, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँग सामूहिक छलफल गर्दैछन् । देउवाले पार्टीबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि केही मन्त्री बूढानीलकण्ठ पुगेका छन्। 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए । १० मन्त्री र दुई राज्यमन्त्री गरी कांग्रेसका १२ जना सरकारमा सहभागी छन् ।

पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले ६ महिनामा गरेका कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न सभापतिले उनीहरूलाई बैठकमा बोलाएका देउवाको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्