विपक्षी दलमा मिलेन भाषाको कुरा, आजको पत्रकार सम्मेलन सर्यो

बिहीबार, माघ ३, २०८१

सङ्घीय संसदका विपक्षी दलहरूले आज  गर्ने भनिएको पत्रकार सम्मेलन सरको छ । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले आज पत्रकार सम्मेलनको गर्ने निर्णय गरेको थियो । 

कार्यदलले ड्राफ्टलाई अन्तिमरूप दिन बाँकी रहेकाले सम्मेलन भोलि दिउसो ३ बजेका लागि सारिएको नेसपाका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।

विपक्षी दलको हिजोको बैठकले वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल सम्मिलित २ सदस्यीय कार्यदल बनाएर विपक्षीहरूको साझा धारणाको ड्राफ्ट तयार गर्ने जिम्मेवारी दिएको थियो । यो कार्यदलले ड्राफ्ट तयार गर्न समय लगाएपछि आजको पत्रकार सम्मेलन स्थगित भएको हो । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्