सोसल मिडिया
युनिकोड
गृह मन्त्रालयले केही थान नेपाल प्रहरीका एसएसपीको सरुवा गर्ने भएको छ। काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरे र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईलाई सरुवा गर्ने मन्त्रालय श्रोतको भनाई छ।
सहकारी ठगी काण्ड लागेका रवि लामिछाने गृहमन्त्री भएका बेला जिम्मेवारी पाएका रजौरे र भट्टराईलाई त्यहाँ बाट अन्यत्र पठाउने तयारी भएको हो।
काठमाडौँ प्रहरी प्रमुख सामान्यत: ८ महिनाभित्रमै सरुवा हुने गरेका छन्। तर यसपटक भने ९ महिनासम्म सरुवा गरिएको छैन। उनीहरूसँगै सरुवा भएर अन्यत्र पुगेका एसएसपीहरूको भने दोस्रोपटक सरुवा गरिसकिएको छ। भए आजै नत्र भोलि उनीहरुको सरुवा हुने भएको हो।