प्रचण्डले चुनाव जितेकै जिल्लाका व्यक्तिले उर्जामन्त्री खड्का माथि किन गरे हमला ?

बिहीबार, माघ ३, २०८१

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कामाथि मन्त्रालयमै हातपात भएको भएको छ। गत शुक्रबार उनी माथि मन्त्रालयमै हमला भएको हो। 

शुक्रबार साँझ उनीमाथि हातपात भए पनि मन्त्रीको सचिवालयले घटनालाई सामसुम पार्यो। तर आज उनै खड्काले घटनाको बेलिबिस्तार लगाए। 

कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बुढानीलकण्ठमा राखेको मन्त्रीसहितको संसदीय दल कार्यसमितिको  बैठकमा खड्काले आफूमाथि हातपात भएको र सुरक्षाकर्मी समयमै नपुगेको गुनासो गरेका थिए।

‘गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भर्‍याङमै ममाथि एक व्यक्तिले हातपात प्रयास गरे,’ बैठकमा गृहमन्त्री रमेश लेखकलाई सुनाएका थिए, ‘किन मन्त्रालयमै सुरक्षा व्यवस्था कमजोर भयो?’

गृहमन्त्री लेखकले भने समयमा जानकारी किन नदिएको भन्दै प्रश्न गरेका थिए। ‘मलाई समयमै किन भन्नुभएन त?’ लेखकको जवाफ उधृत गर्दै एक मन्त्रीले भने, ‘अब यस्ता घटना दोहोरिन दिइने छैन।’

हरेक विषयमा मन्त्री खड्काको सचिवालयले द्रुत गतिमा सूचना प्रवाह गर्दै आएको थियो। तर आफ्नै मन्त्री माथि भएको घटना लुकाएर आज एकाएक सार्वजनिक गर्दा अनेक आशंका गरिएको छ। घटना भएको एक साताको अवधिमा मात्र सो बिषय बाहिर आएको हो। उनलाई गोरखाका पोखरेल थरका एक व्यक्तिले हातपात गरेका थिए। हातपात गर्ने व्यक्ति एक रात थुनिएका पनि थिए। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचन जितेको गोरखाका पोखरेलले मन्त्रीलाई हातपात गर्नु र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई मन्त्री खड्काले प्रष्टीकरण सोध्नु संयोग मात्र नभएको लख काट्न थालिएको छ। 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्