सोसल मिडिया
युनिकोड
नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यमा भारी वृद्धि भएको छ ।
सुनको मूल्य आज प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँले कारोबार भइरहेको छ ।
बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार २०० ले बढेको थियो । पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको महाङ्घले जनाएको छ ।