नेपाल प्रहरीले नयाँ प्रवक्ता तोक्यो, आचार्यले पाए जिम्मा

शुक्रबार, माघ ४, २०८१

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्