ओलीको राजीनामा मागेर प्रचण्ड ओलीकै गृह प्रदेश पुगे, छोरीको घरमा छिरे

शुक्रबार, माघ ४, २०८१

विपक्षी दलको बैठक र पत्रकार सम्मेलन सकेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वी नेपालको विराटनगर पुगेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड शुक्रबार साँझ विराटनगर उत्रिएका हुन्। प्रचण्डले पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर ओलीकै गृह प्रदेश कोशी पुगेका हुन्। 

उनले विराटनगर–१, पोखरियास्थित छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको घरमा रात बिताउने छन्। पार्टीका कार्यक्रममा सहभागी हुन उनी सनिबार ग्रामथान गाउँपालिका पुग्ने छन् । जहाँ उपनिर्वाचनमा पालिका अध्यक्ष माओवादीले जितेको थियो। 

प्रचण्ड प्रेस सेन्टर नेपाल र न्यू सृष्टि दैनिकको कार्यक्रममा पनि सहभागी हुनेछन् ।छोरी र नातिनीसहित बिहान एक घण्टा पोखरियाबाट  जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालयसम्म  मर्निङवाकमा निस्कने बताइएको छ ।‌

गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला एकसरो घुमेर उनी शनिबार दिउँसो ४ बजे २४ घण्टापछि काठमाडौं आईपुग्ने प्रचण्डको सचिवालयले बताएको छ। 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्