सिन्धुपाल्चोकका दुई सांसदबीचको वाकयुद्द झन्-झन् तन्कियो, को भन्दा को कम्ति ?

शनिबार, माघ ५, २०८१

सिन्धुपाल्चोक जिल्लाका दुई सांसदको वाकयुद्द झन्-झन् तन्किएको छ। संघीय सांसद मोहनकुमार बस्नेत र प्रदेश सांसदबीचको छेडखानी झन् बढेको हो। 

नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष समेत रहेका बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभाका सांसद मोहन बहादुर बस्नेतलाई ‘हप्ते सीआईडी’ भनेर कटाक्ष गरेका छन् ।

शनिवार आयोजित माओवादी केन्द्र बाह्रबिसे नगरपालिकाको तेस्रो नगर सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै सहयात्रीले बस्नेतलाई ‘हप्ते सीआईडी’ भनेर कटाक्ष गरेका हुन् ।

‘पञ्चायती प्रहरीको हप्ते सीआईडी बनेर त्यति बेलाका कांग्रेस नेता कार्यकर्तालाई पक्राउने र टेरामक्स घोटाला जस्तो देशघाती भ्रष्ट हुनुभन्दा श्रमजीवी कुल्ली हुनु महान् कुरा हो’, उनले भने । केही समय अगाडी बस्नेतले आफूलाई सिन्धुपाल्चोकको सरकार भनेर स्वघोषणा गर्दै सरल सहयात्री पहिला कुल्ली थिए भन्दै एक कार्यक्रममा उडाएका थिए ।

सिन्धुपाल्चोकमा कांग्रेसका बस्नेत र माओवादीबीच पहिल्यै देखि चर्को दुश्मनी छ। 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्