बहालवाला परराष्ट्रमन्त्री बैंकक पुगिन्, पूर्व परराष्ट्रमन्त्री महत किन गए नयाँ दिल्ली ?

शनिबार, माघ ५, २०८१

परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् । मन्त्री राणा उपचारका लागि शनिबार दिउँसो साँढे १ बजे थाइ एअरवेजबाट बैंकक प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार बैंककमा उनको राजनीतिक भेटघाट पनि हुनेछ । यता, कांग्रेस प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। राजनीतिक भेटघाटका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको दूत बनेर उनी त्यहाँ पुगेका हुन्। 

आरजुको बैंकक भ्रमण र महतको दिल्ली दौडाहालाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्