एमाले महासचिव पोखरेलले प्रचण्डलाई साँझ छिप्पिएपछि हाने अगुल्टो

शनिबार, माघ ५, २०८१

प्रधानमन्त्री केपी ओलीले संसदको हिउँदे अधिवेशन नबोलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रोष प्रकट गरेपछि एमाले महासचिव शंकर पोखरेलले उनलाई कडा जवाफ फर्काएका छन्। 

प्रचण्ड प्रधानमन्त्री हुँदा हिउदे अधिवेशन माघको अन्तिम सातामा वोलाएको सम्झाउदै पोखरेलले अहिले माघको पहिलो हप्तामै हिउदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ भन्दै छेड हानेका हुन्। 

सामाजिक संजाल फेसबुकमा महासचिव पोखरेल लेख्छन्- प्रचण्डजी प्रधानमन्त्री हुदाँ हिउदे अधिवेशन माघको अन्तिम सातामा वोलाएको विर्सनु भएछ कि क्या हो उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ । अनि उहाँले प्रतिपक्षमा रहेका दलहरुको वैठक डाकेर विशेष अधिवेशन वोलाउने घुर्की समेत लगाउनु भएछ । विशेष अधिवेशनले हिउदे अधिवेशनको आवश्यकता पुरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्यो क्यारे ! होइन त ?

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्