कोशीका पूर्वमुख्यमन्त्रीलाई घुमाएर देब्रे आँखामा हान्ने दुई भाई खोरमा जाकिए

आइतबार, माघ ६, २०८१

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको देब्रे आँखामा चोट लागेको छ। 

शनिबार दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा उहाँमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गामा हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

उनले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए। पूर्वमुख्यमन्त्री थापा कार्यक्रममा सहभागी भएर निवास फर्किंदै गर्दा बाटोमा हातपात भएको थियो।

ती व्यक्तिहरु नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको बताईएको छ। पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए। 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्