गार्डियन माइक्रोको आईपीओ १ लाख ८४ हजार ५ सयले पाए

आइतबार, माघ ६, २०८१

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बाँडफाँड गरिएको छ। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज आइपीओ बाँडफाँड गर्दै १ लाख ८४ हजार ५ सय जना आवेदकमा आईपीओ वितरण गरेको हो। 

गोलप्रथाबाट बाँडफाँडबाट १ लाख ८४ हजार ५ सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त पाएका हुन्।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेका मा २ करोड ३२ लाख २ हजार ५ सय ४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो।
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्